Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ फागुन १३, काठमाडौँ – प्रतिपक्षी दलहरुले समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा जवाफ दिन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षीहरु राजपा र समाजवादी पार्टीले नेपालले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको बाहिरिएको कमिसन अडियोबारे जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । त्यस्तै विपक्षीहरुले तडक भडकपूर्ण रुपमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएको विषयमा पनि जवाफ दिन माग गरेका छन् । संसद सुरु भएको दुई वर्षपछि विपक्षी दलहरुले एउटै स्वरमा सरकारसँग जवाफ माग गरेका हुन् ।

बैठकको सुरुमै कांग्रेस सांसद मिनेन्द्र रिजालले सेक्युरेटी प्रिङ्टिङ प्रेस खरिद गर्दा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियोबारे प्रश्न गरे । संसदमा रिजालले भने, ‘७० करोड घुस माग्दा लाज लागेन? भ्रष्टाचार गर्दिन, गर्नेको मुख हेर्दिन भनेको होइन प्रधानमन्त्री ज्यू? तपाईँलाई लाज लाग्दैन यस विषयमा संसदमा जवाफ दिनुहोस् ?’ उनले अडियो प्रकरणमा मुछिएका बाँस्कोटालाई राजीनामा दिएर उन्मुक्ति नदिन सुझाव दिए । बालुवाटार जग्गा प्रकरणलाई समेत जोड्दै रिजालले भने, ‘आफ्नो गुटका भए फिर्ता गरे पुग्ने यो भन्दा लाजमर्दो के होला? बालुवाटार जग्गा प्रकरण, वाइडबडी, न्यारोबडीको छानबिन खोइ ? यो विषयमा अख्तियारले छिटो छानबिन सकोस् ।’

विपक्षी समाजवादीका सांसद प्रमोद शाहले पनि सेक्युरेटी प्रिङ्टिङ प्रेसबारे सदनलाई चित्तबुझ्दो जवाफ दिन माग गरे । उनले राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री हुने गरी संविधान संशोधनका लागि नेकपाले कार्यदल गठन गरेको अवस्थामा मधेसी जनताको भावनासमेत सम्बोधन हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘संविधानप्रतिको असन्तुष्टि कायमै छ । मधेसी दलसँग आठपटक सम्झौता भएको छ । आज व्यक्ति विशेषका लागि संविधान संशोधन गर्न कार्यदल गठन भएको अवस्थामा अब आन्दोलनरत पक्षको माग समेत सम्बोधन गर्नुपर्छ ।’ राजपाकी सांसद सरिता गिरीले पनि संसदमा जवाफ दिन माग गरिन् । उनले सरकार काण्डैकाण्डमा फसेको उल्लेख गरिन् । जन्म दिनमा यति होल्डिङले ल्याइ दिएको केक काटिएको, चारवटा हेलिकप्टर प्रयोग गरिएको विषयमा पनि ध्यानकर्षण गराए ।

रिजालले भने, ‘पुराना राजाले समेत ईष्या गर्ने गरी जन्म दिन मनाइयो । राजा महाराजाको झल्को दियो । घरको आत्माले खड्कप्रसाद होइन, नयाँ महाराजा आयो भन्ने सोच्यो होला । घर अगाडि उभिएर, सोच्नु भएन ? यति होल्डिङ केक खाँदा लाज लागेन ?’ उनले मदन भण्डाराले के भनिरहेका होलान् भन्दै उनको चित्त बुझाउन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed