Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

भारतका पहिला अन्तरिक्षयात्री राकेश शर्माको बायोपिक ‘सारे जहां से अच्छा’ एकपटक फेरि चर्चामा आएको छ । यो फिल्म कास्टिङलाई लिएर लामो समयदेखि चर्चामा छ । यसपटक पनि कास्टिङकै कारणले फिल्मको चर्चा भएको हो । पहिला फिल्ममा अभिनेता आमिर खानले काम गर्ने चर्चा चलेको थियो । पछि अभिनेता द्वय शाहरुख खान र विक्की कौशलको नाम बाहिर आयो । अब, फिल्मका लागि अभिनेता सलमान खानको नाम चर्चामा आएको छ । भारतीय मिडियाका अनुसार, सलमानलाई निर्माताले फिल्म अफर गरेका छन् र उनलाई स्क्रिप्ट मन परेको छ । तर, उनले फिल्मलाई लिएर आफ्नो सहमति जनाएका छैनन् । पछिल्लो रिलिज फिल्म ‘दबंग ३ असफल भएपछि फिल्म छनोटमा गम्भीर भएका उनी अहिले फिल्म ‘राधे’ को छायांकनमा व्यस्त छन् ।

निर्माता सिद्धार्थ रोय कपूरका अनुसार, सलमानले फिल्म ‘सारे जहां से अच्छा’ साइन गर्न सक्नेछन् । उनी लामो समयदेखि यो फिल्म बनाउन लागिपरेका छन् । केही पटक फिल्ममा काम गर्न कोही अभिनेता तयार नभएको खबर पनि बाहिरिएको थियो । अभिनेता सलमान खानले फिल्मको विषयमा निर्णय लिनका लागि मार्चसम्मको समय मागेको भारतीय मिडियाले बताएका छन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने सलमानले फिल्म ‘राधे’ पछि ‘कभी ईद कभी दिवाली’ गर्दैछन् । फरहद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानको जोडी पूजा हेगडेसँग बाँधिँदैछ । २०२१ को इदमा रिलिज हुने फिल्मलाई साजिद नाडियावालाले निर्माण गर्दैछन् । त्यस्तै, फिल्म ‘राधे’ मा सलमानको जोडी अभिनेत्री दिशा पाटनीसँग बाँधिएको छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed