Breaking News.... EverestOnlineKhabar
April 30, 2026

तरुणदलका गोकर्णेश्वर नगर अध्यक्ष श्रेष्ठको निधन

Loading

२०७६ फागुन १३, काठमाडौं । नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ । तरुण दलले विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो । अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । श्रेष्ठको निधनप्रति तरुण दलले दुःख व्यक्त गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दुखद् खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed