Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ पुस २८, डोटी । दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ । हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत स्थायी पदपूर्ति गर्न पत्राचारसहित पहल गरिरहेको बुझिएको छ ।

जिल्लाका नौ स्थानीय तह मध्य बडिकेदार र आदर्श गाउँपालिकाबाहेक सबै स्थानीय तहमा निमित्तको भरमा काम हुँदै आएको छ । डोटीका स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिकामा शाखा अधिकृत खेमराज गुरुङ, शिखर नगरपालिकामा शाखा अधिकृत धर्मराज विनाडी, पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, केआई सिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायत, वोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार र जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खत्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेका छन् ।

नयाँ सङ्घीय संरचनामा जिल्लास्थित विषयगत कार्यालयको अधिकार र जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ । समायोजनका कारण स्थानीय तहका विषयगत शाखामा कर्मचारीको अभाव र विषयगत शाखाको प्रमुखलाई स्थानीय तहको प्रमुखको जिम्मेवारी दिँदा विषयगत शाखाको कार्यक्रम गुणस्तरहीन भएको भन्ने स्थानीय सेवाग्राहीको जनगुनासो आएको थियो । नयाँ संरचनामा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तर र गाउँपालिकामा शाखा अधिकृतस्तरको हुनुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed