Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ओली प्रधानमन्त्री भएकै बेला खरिद प्रक्रिया अघि बढेको हो, मेरो दोष छैन वाइडबडीमा:देउवा

Loading

— कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कुनै दोष नभएको दोहोर्‍याएका छन् । अनियमिततामा देउवासमेतको संलग्नताबारे चर्चा चलेका बेला ‘वाइडबडीमा अनियमितता विरुद्ध सुरुमा आवाज उठाउने म नै हुँ,’ सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यति बेला आएर मलाई पनि जोड्नु अन्याय हो ।’म प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी थियो। त्यसबेला मन्त्रीस्तरीय निर्णयसमेत भएको छैन। सचिवस्तरीय भएको भए मलाई जानकारी छैन,’ उनले भने, ‘ओली प्रधानमन्त्री भएकै बेला खरिद प्रक्रिया अघि बढेको हो।’ ओली सरकारका पालमा ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी उपसमितिको गठन भएको उनले बताए।

अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला वाइडबडी खरिदका अन्य प्रक्रिया अघि बढेको देउवाले बताए। ‘दाहाल प्रधानमन्त्री भएका बेला सरकार जमानत बस्ने निर्णय भएको हो,’ पछिल्लो समयमा आएर आफ्नो संलग्नता रहेको भन्ने हल्ला बद्नियतपूर्ण रहेको बताउँदै देउवाले आर्थिक अनियमिततामा संलग्न जो सुकैलाई कारबाही हुनुपर्नेमा जोड दिए।

अर्को प्रसंगमा सभापति देउवाले के के न गर्छु जस्तो गरी हल्ला गरिरहेको भएपनि ओली सरकारका कामहरु जनताको हितमा नभएको दाबी गरे। ‘निर्मला बलात्कार तथा हत्या प्रकरणमा प्रमाण मेटाउने र वास्तविक अपराधी लुकाउने काम यही सरकारले गरेको छ,’ उनले भने, ‘जनतालाई करमाथि कर थोपरेर ढाड सेक्ने काम गरिएको छ।’ अहिलेको सरकारका अदुरदर्शी क्रियाकलापहरुले आर्थिक मन्दी सुरु भएको उनको दाबी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed