Breaking News.... EverestOnlineKhabar
April 30, 2026

चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले१६ औँ चरणको अनसन थाल्ने तयारी

Loading

पुस १८, २०७५ – चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले आज १६ औँ चरणको अनसन थाल्ने तयारी गर्नुभएको छ । आफ्ना माग पूरा गर्न हिजो सम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुग्नुभएको उहाँका सहयोगी  डा.अभिषेकराज सिंहले जानकारी दिनुभएको छ । १५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन, सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग पूरा गर्न सरकारलाई उहाँले हिजोसम्मको अल्टिमेटम दिनुभएको थियो । सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना सुरु नभएको लगायत मागमा सरकार गम्भीर नभएको निष्कर्षसहित डा. केसीले १६ औं चरणको अनशनको तयारी गर्नुभएको हो ।

केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग पनि अघि सार्नुभएको छ ।  यसैबीच चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न बिहान १० बजे संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्दैछ । यद्यपि सरकारले चिकित्सा शिक्षा विधेयक संसदको जारी अधिवेशनमा पनि प्रस्तुत नगर्ने संकेत गरेको छ । डा. केसीसँग भएको सम्झौता  विधेयकमा समावेश गर्ने नगर्ने बिषयमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र सत्तारुढ नेकपाकै सांसदबीच विवाद भएपछि समिति बैठक नै प्रभावित हुँदै आएको छ । समितिको आजको बैठकको निर्णयपछि डाक्टर केसीले अनसन बस्ने नबस्ने तय हुने उहाँका सहयोगी सिंहले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed