![]()
काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्स क्वालिफायरमा प्रवेश गरेको छ। यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको ललितपुरले सनी पटेलको उत्कृष्ट बलिङमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको हो।
भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। जितसँगै ललितपुर क्वालिफायरमा पुग्यो। क्लालिफायरमा जित हात पारे ललितपुर सिधैं फाइनलमा पुग्नेछ। हारले पनि ललितपुरलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।
यता भैरहवाको पनि क्लाफाइरमा पुग्ने सम्भावना बाँकी छ। सोमबार काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेलपछि दोस्रो चरण समिकरण पक्का हुनेछ। काठमाडौंले जित हात पारे क्वालिफायर पुग्नेछ। काठमाडौंले हार बेहोरे भैरहवा क्वालिफायरमा पुग्नेछ। विराटनगर पराजित भए चितवन टाइगर्स पनि दोस्रो चरण पुग्ने सम्भावना हुनेछ।


