![]()
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७, बगबिरा टोलमा भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्किएको आगो तत्काल नियन्त्रणमा नआउँदा अन्य घरमा फैलिएको प्रहरीले बताएको छ ।
आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ ।


