Breaking News.... EverestOnlineKhabar
April 30, 2026

टरिजा मे अविश्वास प्रस्ताव: मे ६३ प्रतिशत मत सहित पद जोगाउन सफल

Loading

बीबीसी । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र उनको नेतृत्वलाइ चुनौती दिंदै ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन्। उनलाई कुल मतसंख्याको ६३ प्रतिशत मत प्राप्त भएको थियो र अब एक वर्षसम्म उनलाई कसैले नेतृत्वको चुनौती दिन पाउँदैन।

गोप्य मतदानमा उनको पक्षमा २०० मत र विपक्षमा ११७ मत परेको थियो। अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन्।

मेको अबको चुनौती

मे र सहयोगी

तर उनले असन्तुष्ट सहकर्मीलाई मनाउने क्रममा आगामी आमचुनावअघि आफूले पार्टी नेताको पद त्याग गर्ने बताएकी थिइन्। आफू विरुद्धको अविश्वासको मतदानमा विजय हासिल गर्ने वित्तिकै टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन इयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन्।

“अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ। एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ।”

उनले सबै दलका राजनीतिज्ञहरूलाई देशलाई पुन: एक ढिक्का बनाउनका लागि काम गर्न आग्रह गरिन्। उनले अब आफूले इयूका नेताहरूलाई ब्रिटेनका चिन्तालाई सम्बोधन गर्नेतर्फ काम गर्न आग्रह गर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed