Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्व मन्त्री हिसिला पनि निर्मलाको पोष्टर टाँस्ने अभियानमा

Loading

धनगढी ।  बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियान धनगढीमा सक्रियता पाएको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीसहितले बिहीबार निर्मलाको पोस्टर टाँसेका हुन् ।

उनीहरुले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद कार्यालयमा पोस्टर टाँसेका हुन् । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको हो । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed