![]()
बीबीसी । अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुंग्याने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन्।
अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन्।
संयुक्तराज्य अमेरिका र अफगानिस्तानले लामो समयदेखि तालिबानका गतिविधिमाथि नियन्त्रण नगरेको र आँखा चिम्लिएको आरोप लगाउँदै आएका छन्। तालिबानको नेतृत्व र उच्च कमान्डरहरु पाकिस्तानमा रहेको अमेरिकी आरोप छ।


