Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । स्पेनिस लिग फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । भियारियाललाई २–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा अग्रता लिएको हो ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र कार्लेस एलिनाले एक–एक गोल गरे । सेभिया भने डेपोर्टिभो आलाभेजसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यसैगरी रियाल बेटिसले रियाल सोसिडाडलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिडले जिरोनासँग १–१ गोलको बराबरी खेलेको छ ।

अंक तालिकामा १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । २७ अंकका साथ सेभिया दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको एथ्लेटिको मड्रिडको २५ अंक छ ।

२४ अंकको आलाभेज चौथो स्थानमा रहँदा २३ अंकसहित रियाल मड्रिड पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed