Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मनाङद्वारा सरस्वती २–० ले पराजित, शीर्ष स्थान कायमै

Loading

काठमाडौं ।  मनाङ मस्र्याङ्दी क्लबले  ‘ए’ डिभिजन लिगमा आफ्नो अपराजीत यात्रा कायमै राखेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा शनिबार भएको पाँचौ खेलमा मनाङले सरस्वती क्लबलाई २—० गोल अन्तरले पराजीत गरेको हो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङका लागि अन्जन बिष्टले खेलको ५५ औं मिनेटमा गरेको गोल मार्फत एक गोलको अग्रता बनाएको थियो । मनाङलाई पहिलो हाफमा गोलबिहीन बनाएको सरस्वतीका डिफेन्स लाइन चिर्दै खेलको ६७ औं मिनेटमा अफिज ओलाओलेले टिमका लागि दोब्बरको अग्रता दिलाए ।

साविक विजेता मनाङले ४ वर्षपछि भएको ‘ए’ डिभिजन लिगमा पनि आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । लिगको ट्रफी दाबेदार टिमका रुपमा हेरिएको थ्रीस्टार क्लबलाई पराजित गरेपछि अब मनाङलाई रोक्न सक्ने टिमका रुपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हेरिएको छ ।

पाँचौ जितसँगै मनाङ अंक तालिकामा १५ अंकसहित शीर्ष स्थानमा यथावत छ । पराजित सरस्वती युथ क्लबको ६ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed