Breaking News.... EverestOnlineKhabar
April 30, 2026

च्यासललाई २–१ ले हराउँदै संकटा क्लब ए डिभिजन लिगको तेस्रो स्थानमा

Loading

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शनिबार भएको पहिलो खेलमा संकटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै संकटाले ३ अंक जोडेको छ । संकटाले खेलको २३औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । संकटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

त्यसैगरी, खेलको ४८औं मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका थिए । खेलको ८७औं मिनेटमा च्यासलले गोल फर्काएको थियो ।

संकटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डीबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल संकटाले २–१ ले जित्यो । खेलमा संकटाका नीतिन थापा ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै संकटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पाँच खेलमा १२ अंक जोड्न सफल भएको छ । च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित ४ अंकमै सीमित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed