Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गिय नेता चक्र बास्तोलालाई सम्झेर कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधि भावविह्वल भएका छन । बिहाीबार बास्तोलाको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शोकसभामा सभापति देउवा बोल्दै गर्दा भक्कानिएका हुन । करिब सात मिनेट बोलेपछि देउवाको गला अवरुद्ध भएपछि अघि बोल्न सकेनन ।

सभापति देउवाले आफनो मन्तव्यमा नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । सभापति देउवाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बास्तोलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बास्तोलालाई कहिल्यै नथाक्ने नेताको रुपमा चित्रण गरे ।

उपसभापति विमलेन्द्र निधि बास्तोलालाई सम्झेर भक्कानिए । उनी शोकसभामै रोए । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले । सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed