Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी ।  पाकिस्तानले अष्ट्रेलियाबिरूद्धको पहिलो ट्वान्टी-२० क्रिकेट ६६ रनले जितेको छ ।  आबुधाबीस्थित शेख जायद रंगशालामा टस हरेर ब्याटिङका लागि निम्त्याएको पाकिस्तानले ८ विकेट गुमाएर १ सय ५५ रनको योगफल बनाएको थियो ।

१ सय ५६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.५ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र जोड्न सक्यो।  अष्टेलियाका कुल्टन नाइलले ३४, अस्टन अगर १९ र क्रिस लायनले १४ रन बनाउनुबाहेक अन्य ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानका इमाद वासिम ३ विकेट लिदा फेहिम असरार्फ र शाहिन अफ्रिदीले समान दुई विकेट लिए । हसन अली र शादव खानको नाममा १/१ विकेट रह्यो।

यसअघि बाबर आजमले ५५ बलमा ५ चौका र १ छक्का हान्दै ६८ रन बनाएपछि  पाकिस्तानले ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । बाबरबहेक मोहमम्द हफिज ३९ र फकर जमानले १४ रन बनाए । अष्ट्रेलियाका लागि नाइल र बिली स्टेनलेकले समान तीन बिकेट लिए ।

अष्ट्रेलिया र पाकिस्तानबीचको  दोस्रो खेल आगमी अक्टोबर २६ अर्थात शुक्रबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed