![]()
बाँके । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिएका छन्। पार्टीले दाङमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पुगेका वरिष्ठ नेता नेपालले नीति, पद्धति अनुसार सबैलाई जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध गराउनु पर्ने बताए।
नेपालले सरकार, सदन र सडक नेकपाको कमाण्डमा चलाउनु पर्ने बताए। पार्टीलाई जीवन्त राख्नका लागि अन्तरविरोध आवश्यक रहेको बताउँदै नेपालले भोलि बस्ने सचिवालय र स्थायी कमिटिका बैठकले पार्टी भित्रका गुनासोहरु समाधान गर्ने बताए।
उनले पार्टीको तल्लो कमिटीलाई छिटो भन्दा छिटो गठन गरेर चलायमान गराउन लागि परेको बताए।नेकपाले प्रदेशस्तरीय संरचनाहरु बनाए पनि जिल्ला, नगरस्तरीय कमिटी बनाइसकेको छैन। प्रदेशस्तरीय कमिटी तल्लो कमिटी बनाउन लागि परेको छ।
वरिष्ठ नेता नेपालसँगै युवराज ज्ञवाली नेपालगञ्जदेखि दाङतर्फ लागेका छन्।


