Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सत्तारुढ नेकपा भित्रको विवाद संस्थागत, माधव नेपालको असन्तुष्टि सचिवालयमा दर्ज

Loading

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्रको विवाद संस्थागत भएको छ । पार्टीका वरिष्ठ नेता माधव नेपालले औपचारिकरुपमै असन्तुष्टि पत्र सचिवालयमा दर्ता गराएपछि विवाद संस्थागत भएको हो । सोमबार विवाद समाधानका लागि बैठक बोलाइएपनि त्यसले निकास नभई झन विवाद बढाएको छ ।

पार्टी सचिवालयको  बैठकमा नेता  नेपालले असन्तुष्टि पेश गरेपछि उनको पत्र एजेन्डामा राखिएको अर्का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “उहाँले पत्र ल्याउनुभएको रहेछ,” खनालले  भने, “उहाँको पत्र बैठकको कार्यसूचीमा राखिएको छ।”

खनालका अनुसार नेपालले प्रदेश कार्यविभाजन र सरकारको कामकारबाहीसँग सम्बन्धित रहेर आफ्नो असन्तुष्टि दर्ज गराएका छन् । सचिवालको बैठक बुधबारसम्मका लागि स्थगित भएकाले नेपालको असन्तुष्टि पत्रमाथि कुनै छलफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed