![]()
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी भएर प्रधानमन्त्री केपी ओली बिहीबार स्वदेश फर्केका छन् । उनी अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओली गत असोज ६ गते अमेरिका गएका थिए ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।
प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए। यस्तै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता भएको थियो।
प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए। प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।


