Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कमल थापा वर्ल्ड रेङ्किङ टेनिस टुर्नामेन्टको फाइनलमा

Loading

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वर्ल्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दैछन् । उमेर ६४ वर्ष पुगिसकेका उनी अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वर्ल्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा छन् ।

५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । उनले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतारेका हुन् । उपाधिका लागि उनले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीले थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको पहिलो सेट थापा जोडीले ६–० ले लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो सेटको खेल ७–५ ले आफ्नो पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको थियो । निर्णायक सेट राणा जोडीले सुपर टाइमा १३–११ ले आफ्ना पक्षमा पारेपछि थापा जोडी अन्तिम दुईको प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

थापाले खेलमा मनोवैज्ञानिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खेलमा सामान्य गल्तीले पनि धेरै प्रभाव पार्ने उल्लेख गर्दै उनले जीतहार सामान्य प्रक्रिया भएको धारणा व्यक्त गरे । खेललाई निकै अभिरुचिका साथ हेरिरहेकी उनकी धर्मपत्नी प्रलिताले भनिन्, ‘खेल त राम्रै खेल्नुभएको हो, तर अलिक बढी हतारिनुहुन्छ, मैलै धेरै पटक नहतारिनू भन्ने गरेकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed