Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआवद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गरिएको  विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा यस वर्ष हालसम्म ६ जना अमेरिकी सेनाले आन्तरिक आक्रमणमा ज्यान गुमाएका छन् । विज्ञप्तिमा सोही घटनामा घाइते भएका अर्का नेटो सैनिकको अवस्था स्थिर रहेको जनाइएको छ ।

गठबन्धन सेनाविरुद्ध यस प्रकार भइरहेका आन्तरिक आक्रमणहरुको तालिबान आतङ्ककारी समूहले जिम्मेवारी लिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed