Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सिण्डिकेट पक्षधर यातायात व्यवसायीको सरकारलाई चुनौतीःसिण्डिकेटको पक्षमा आन्दोलन गर्ने

Loading

काठमाडौ,चैत ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट हटाउन ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको मागसहित आन्दोलनमा जाने निर्णय गरेको छ। महासंघको काठमाडौंमा भएको भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो। महासंघका उपमहासचिव डेकनाथ गौतमले भनेः‘भेलाले चरणवद्ध आन्दोलन गर्न म्यान्डेट दिएको छ, सरकारले एकतर्फी रुपमा ल्याएको निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा जान म्यान्डेट दिएको छ,अब महासंघको केन्द्रीय समिति बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्नेछ ।’
उनका अनुसार सरकारले निर्देशिका स्थगित नगरेमा सवारी साधन नै ठप्प पार्नेसम्मका आन्दोलनको कार्यक्रम आउनेछ।गौतमले सरकारले चार खर्ब लगानी भएको क्षेत्रलार्इ ध्वस्त बनाउने गरि निर्देशिका ल्याएको दावी गर्दै यो खारेजी नभए चालिस हजार मजदुर प्रत्यक्ष रुपमा प्रभावित हुने बताए।
महासंघले देशभरिबाट विभिन्न यातायात व्यवसायी संघलार्इ बोलाएर निर्देशिका खारेजीका लागि आन्दोलनको जनमत मागेको थियो।सरकारले निर्देशिका ल्याएर सिन्डिकेट खारेज गरेको थियो। सुरुवातमा मयुर यातायातले काठमाडौंदेखि वनेपासम्म सुविधा सम्पन्न गाडी चलाउन थालेपछि विवाद सुरु भएको हो।मयुरले बस चलाएपछि कोटेश्वर पूर्वका व्यवसायीले हड्ताल थालेका थिए।यो हड्ताललार्इ महासंघले समर्थन गर्दै एक दिन सवारी साधन ठप्प समेत पारे।
तर यातायात व्यवस्था विभागले कोटेश्वर पूर्वका व्यवसायीले बस नचलाएपछि रुट परमिट खुला गरेर एकैदिनमा पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको थियो। यो निर्णयपछि यातायात व्यवसायीले हड्तालको कार्यक्रमलार्इ छोट्याएका थिए।महासंघले आन्दोलनका लागि आवश्यक खर्चका लागि चन्दा उठाउने समेत निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed