Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पछिल्ला दिनहरुमा रुस र अमेरिकाबीचको सम्बन्ध फेरी जटिल मोडमा…

Loading

एजेन्सी,माघ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको बताएका छन् । गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकाको यो सूची प्रतिबन्धसँग सम्बन्धित एक कानूनको हिस्सा हो, जसको उद्देश्य अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित रुपमा गरिएको हस्तक्षेपका लागि सजाय दिनु हो । यो सूचीमा २१० रुसी नागरिकको नाम छ । यद्यपि अमेरिकाले यी २१० जनालाई नयाँ प्रतिबन्ध नलगाइने प्रष्ट पारेको छ ।
रुसी राष्ट्रपति पुटिनले भनेः‘यो मित्रवत काम होइन, यसले रुस र अमेरिकाबीचको सम्बन्ध अझ जटिल बनाउने छ ।’ तर यो विषयलाई आफू अझ अगाडि बढाउने पक्षमा नरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed