![]()
धादिङ । बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिएको छ । आयोजनास्थलका प्रमुख जिल्ला अधिकारीहरुले नमानेपछि मुआब्जा बितरण रोकिएको हो ।
चालु आर्थिक वर्षमा सरकारले मुआब्जा वितरणका लागि १० अर्ब विनियोजन गरे पनि अहिलेसम्म एक रुपैयाँ पनि खर्च भएको छैन । गोरखा र धादिङका जिल्ला प्रशासन कार्यालयले आआफ्ना जिल्लाका साविकका ३र३ गाविसका वासिन्दालाई गत मंसिरमा मुआब्जा लिन आउन सार्वजनिक सूचना जारी गरेका थिए ।
सूचना जारी भएपछि गोरखातर्फ २१ सय २० जना र धादिङतर्फ १२ सय ५० जनाले मुआब्जा पाउन निवेदन दिइसकेका छन् । तर, प्रमुख जिल्ला अधिकारीहरु मुआब्जाको रकम वितरण बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनर्स्थापना इकाइले नै गर्नुपर्ने भन्दै पन्छिएपछि काम रोकिएको हो ।
प्रमुख जिल्ला अधिकारीहरु बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनर्स्थापना इकाइले नै मुआब्जा वितरण गर्नुपर्ने भन्दै पन्छिएका हुन ।


