Breaking News.... EverestOnlineKhabar
May 4, 2026

प्रधानमन्त्री बन्नुअघि नै केपी ओलीको हुँकारः‘प्रधानमन्त्री देउवाका सबै निर्णय उल्ट्याउँछु’

Loading

काठमाडौ,माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौजुदा सरकारले गरेका अधिकांश निर्णय मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकरात्मक प्रभाव पार्ने दावी गर्दै अब बन्ने वाम गठबन्धनको सरकारले उल्ट्याउने दावी गरेका छन् । भावी प्रधानमन्त्रीका रूपमामा समेत हेरिएका अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेरै नयाँ सरकारले यस बीचमा भएका सबै निर्णयहरुमाथि पुनर्विचार गर्ने र संविधान, कानुन र राष्ट्रका हित विपरित भएका सबै निर्णयहरूलाई अस्वीकार गर्ने बताएका हुन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार विशेष पत्रकार सम्मेलन गर्दै वृद्धभत्ता लिने उमेर समूह घटाउने, भूकम्पपीडितलाई एक लाख थपअनुदान दिनेलगायतका देउवा नेतृत्वको सरकारका पछिल्ला निर्णय मुलुकलाई आर्थिक हिसाबले कङ्गाल बनाउने र टाट पल्टाउने उद्देश्यबाट प्रेरित भएको बताउँदै निर्णय खारेज गर्ने बताएका हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वृद्धभत्ता लिने उमेर ७० वर्षबाट घटाएर ६५ वर्ष र भूकम्पपीडित तथा बाढीपीडितलाई थप एकलाख अनुदान दिने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीले भनेः‘ सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश नभएको निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने स्पष्ट छैन । यो राज्यकोष दुरुपयोगको प्रायोजनबाट प्रेरित छ ।’ त्यस्तै अध्यक्ष ओलीले भूकम्पपीडित र बाढीपहिरोपीडितलाई दिने भनिएको थप एकलाख अनुदानले थप ९० अर्ब आर्थिक दायित्व थपिने बताउँदै निर्णय सदाशययुक्त नभएको प्रचारमुखी काममात्रै भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed