Breaking News.... EverestOnlineKhabar
May 2, 2026

स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली बैंककतिर…..

Loading

काठमाडौ,पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्ड जाँदै छन् । उनी थाइ एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे बैंकक जान लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जान लागेका हुन् ।
बैंककस्थित बुङरुगाड अस्पतालमा उनले स्वास्थ्य परीक्षण गराउने छन् । चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएको भए पनि चुनावको व्यस्तताले उनले स्वास्थ्य परीक्षण गराएका थिएनन् ।
ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत बैंकक जाने तय भएको छ । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed