![]()
इटहरी । इटहरीमा ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको आइतबार उद्घाटन गर्नुभयो ।
नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा आयोजित प्रतियोगितामा पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको सहभागिता छ ।
प्रतियोगिताअन्तर्गत १००, २००, ४००, १० हजार मिटरलगायत अन्य दूरीका दौड तथा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुटलगायत खेल हुनेछन ।


