![]()
लहान,पुस ।
सिराहाको लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले स्कूल भवन बनाउन उठाएको रकमबाट दुई करोडभन्दा बढी भ्रष्टाचार गरेका छन् । विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र सरकारबाट अनुदानप्राप्त रकममा अनियमितता भएको देखिएको छ ।
उनले उपभोक्ताबाट लिएको १ करोड ३३ लाख रकम भवन निर्माण नगरी आफैँले खर्च गरेको, छात्रवृत्ति र पाठ्यपुस्तकका लागि सरकारबाट प्राप्त रकममा पनि अनियमितता गरेको भन्दै तीन वर्षअघि अख्तियारमा उजुरी परेको थियो । रायले भने आफूले संकलन गरेको रकम विद्यालय भवन निर्माणमा खर्च भएको दाबी गरेका छन् ।


