Breaking News.... EverestOnlineKhabar
February 13, 2026

Loading

फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ।
राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको छ।
सोसियालिस्ट पार्टीले ठूलो क्षति बेहोर्नु परिरहेको छ।
सो पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका बेन्वा आमों र पार्टीका नेता दुवैजनाले हार बेहोरेका छन्।
ऐतिहासिक
यद्यपि चुनावमा ५० प्रतिशत मतदाताले मात्रै मतदान गरेको बताइएको छ, जुन ऐतिहासिक रुपमै अत्यन्त कम हो।
राष्ट्रपति पदकी पूर्व प्रत्यासी मारिन ल पेनको चरम दक्षिणपन्थी न्याशनल फ्रन्टले हालको दुई सीटभन्दा बढी जित्ने जस्तो देखिएको छैन।

आगामी आइतबार हुने अर्को चरणको मतदानपछि अन्तिम नतिजा सार्वजनिक हुनेछ।
राष्ट्रपति माक्रोंको दल एक वर्षअघि मात्रै गठन भएको थियो र उनको पार्टीका अधिकांश उम्मेदवारहरुमा राजनीतिक अनुभव कि थोरै छ कि त छँदैछैन।
असाधारण
९७ प्रतिशत मत गणना भइसक्दा राष्ट्रपति माक्रोंको पार्टी ला रिप्युब्लिक आँ मार्शले ३२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ।
मध्य दक्षिणपन्थी रिपब्लिकन्सले १६ प्रतिशत मत हासिल गरेको छ भने यसअघिको सत्तारुढ सोसियालिस्ट पार्टीले जम्मा ७ दशमलव ३ प्रतिशत मत ल्याएको छ।
चरम दक्षिणपन्थी न्याशनल फ्रन्टले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ।
राष्ट्रपति माक्रोंका लागि यो असाधारण उपलब्धि भएकोमा कुनै विवाद हुन नसक्ने बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.