Breaking News.... EverestOnlineKhabar
June 18, 2026

महिलामाथि चुनाव सामग्रीमा निर्वाचन आयोगको अपमान

Loading

काठमाडौ,२८ जेठ ।
निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसूचित गराउन छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई जनानी भनी अपमानित गरिएको छ । आयोगद्धारा मैथिलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि जनानी शब्द प्रयोग गरिएको छ।
मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनील मिश्रले जनानी शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताए। मिश्रले भनेः‘यो शब्दको प्रयोग महिलालाई हेँला गरेर बोलाउँदा प्रयोग गरिन्छ। यसकारण जानकारी पुस्तिकामा यो राख्दा अपमान गरिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.