Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एमालेको तर्फवाट विराटनगर, धरान र इटहरीका उम्मेदवारको टुङ्गो…

Loading

विराटनगर,२८ जेठ ।
नेकपा एमालेले प्रदेश नम्बर १ को एकमात्र महानगर विराटनगर र दुई उपमहानगर इटहरी र धरानमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको एमाले स्थायी समिति बैठकले विराटनगर महानगरपालिकाको मेयरमा विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यस्तै धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई एमालेले उम्मेदवार बनाउने भएको छ। इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
विराटनगरमा अन्य पार्टीसँग तालमेलको प्रयास भइरहेकाले उपमेयरका उम्मेदवारबारे एमालेले निर्णय गरेको छैन।उम्मेद्वारीका बारे परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहको आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भिम आचार्यलाई दिइएको एमालेले जनाएको छ।
एमालेले प्रदेश नम्बर दुईका उम्मेदवारको भने सोमबार मात्र टुंगो लगाउने भएको छ। लोकतन्त्रको सुदृढिकरण, संघीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सबै राजनीतिक दललाई उत्साहका साथ सहभागी बन्न एमालेले आह्वान पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed