Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राष्ट्रिय जनता पार्टी निर्वाचन विथोल्ने गरी आन्दोलन घोषणा गर्ने तयारीमा…….

Loading

काठमाडौ,२७ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न थालेको छ । उसले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको छ ।
राजपाका नेता राजेन्द्र महतोले आयोगले जारी गरेको सूचनाको कुनै अर्थ नभएको टिप्पणी गरे । महतोले भनेः‘नजाने गाउँको बाटो नसोध्नु भन्छन्, हामीलाई सरोकार नभएको विषयमा कुनै प्रतिक्रिया आवश्यक छैन ।’ उनका अनुसार राजपासँग एकता गरेका दलले उम्मेदवार मनोनयनमा आवश्यक पर्ने पार्टीको आधिकारिक हस्ताक्षर बुझाउने छैनन् ।
राजपाका अर्का नेता शरत्सिंह भण्डारीले निर्वाचन आयोगले राजपाका लागि आधिकारिक हस्ताक्षर माग नगरेको र एकता भइसकेका पुराना दलको हस्ताक्षर माग गरेकाले त्यो सम्भव नभएको दाबी गरे । सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय नगरेको, बन्दी रिहाइ नगरेकोलगायतका पुरानै अडान दोहोर्याउँदै राजपा निर्वाचनमा सहभागी नहुने गरी आन्दोलनमा जाने तयारीमा लागेको छ । राजपाले २८ जेठमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको नेताहरूको भनाइ छ । जसरी पनि निर्वाचन बिथोल्न बुथबुथमा आन्दोलन परिचालन समिति बनाउने भएको छ ।
निर्वाचनमा सहभागी हुने न्यूनतम आधार पनि सरकारले नबनाएका कारण वातावरण नबनेको राजपाका अर्का नेता भण्डारीको आरोप छ । भण्डारीले भनेः‘स्थानीय तहको संख्या बढाउने कुरामा पनि सर्वोच्चमा भ्याकेटमा जाने कुरा थियो, अब कहिले जाने हो ? अहिलेसम्म नगएपछि २ असारमा मनोनयन दर्ता गर्न कसरी सम्भव छ ?’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed