Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

Loading

भक्तपुर,२५ जेठ ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा बुधबार राति १ बजे ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । मध्यराति भक्तपुरबाट सानोठिमी तर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको ट्रिपरले काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षका निरज मल्ल ठकुरीको ज्यान गएको हो । मोटरसाइकलमा सवार उनका भाइ २२ वर्षका अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन् ।
दुर्घटना परि दुबै जना घाइते भएका थिए । निरजको उपचारका क्रममा ज्यान गएको हो । पहिले उपचारका लागि नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बि.एण्ड बि. अस्पताल लगिएको र उपचारकै क्रममा निरजको ज्यान गएको र भाइ अजयको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त थिमिको टोलीले ट्रिपर र ट्रिपर चालक सिन्धुपाल्चोक घरभई हाल चाहविल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed