Breaking News.... EverestOnlineKhabar
June 24, 2026

पारस खड्कासहित दर्जन बढी खेलाडी किकआउट….

Loading

काठमाडौ,२२ जेठ ।
तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको आजको हो ।आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए । प्रायोजक नपाएको र अन्य स्रोत पनि नभएपछि तलब दिन नसकिएको उनको भनाइ छ ।
सशस्त्रले क्रिकेटर पारस खड्कासहित देशका चर्चित खेलाडीलाई मासिक तलब दिएर आफ्नो विभागीय क्लबमा अनुबन्धित गरेको थियो । करार रद्द गरिएका अन्य खेलाडीहरुमा सुशीलनरसिंह राणा, दीपक श्रेष्ठ, प्रकाश थपलिया, विश्व श्रेष्ठ, रमेश डंगोल, अञ्जन विष्ट, राजु योगी, मनमाया लिम्बु, अञ्जली योञ्जन, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, पृथ बाँस्कोटा, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, अनिल शाहलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed