Breaking News.... EverestOnlineKhabar
February 7, 2026

पैदलयात्रीमाथि भ्यानबाट आक्रमण…..

Loading

लण्डन,२१ जेठ ।
सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको छ । घटनामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।
स्थानीय समय अनुसार राति १० बजेर ८ मिनेटमा एक सेतो भ्यानले पुलमा हिँडिरहेका मानिसहरुलाई ठक्कर दिएको थियो । भ्यान पुलको फुटपाथमा चढेको थियो । त्यसक्रममा केही मानिसमाथि छुरा प्रहार भएको अधिकारीहरुले बताएका छन् ।
बेलायतका प्रधानमन्त्री टेरिजा मेले यो घटनालाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन् । लण्डन ब्रिज रेल्वे स्टेशन बन्द गरिएको छ भने प्रहरीले सम्भावित तीन आक्रमणकारीको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.