Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अमेरिका र बेलायतसँग पूर्णरुपले भर गर्ने अवस्था नरहेको मर्केलको टिप्पणी

Loading

एजेन्सी,१५ चैत ।
जर्मन चान्सलर एङ्गेल मर्केलले युरोपले अब अमेरिका र बेलायतसँग पूर्ण रुपमा भर गर्ने अवस्था नरहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि अब इयुले अमेरिका र बेलायतमाथि भर गर्ने अवस्था नरहेको मर्केलको भनाई छ । उहाँले रुससँगपनि मित्रवत सम्बन्ध स्थापित गर्नु पर्नेमा जोड दिनुभयो ।

तर युरोपले आफ्नो भविष्यका लागि आफै प्रयास गर्नुपर्नेमा मर्केलले जोड दिनुभएको बिबिसीले जनाएको छ । विश्वका धनी राष्ट्रको समूह जि–सेभेनको सम्मेलनपछि उहाँले यस्तो बताउनुभएको हो । सन् २०१५ मा भएको पेरिस जलवायु सन्धिमा मतभेद भएपछि मर्केलको यस्तो भनाई आएको हो ।
अमेरिकाको असहमतिका कारण जी–सेभेन सम्मेलनले पेरिस सन्धि कार्यान्वयन गर्ने सम्बन्धी साझा घोषणापत्र जारी गर्न सकिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed