Breaking News.... EverestOnlineKhabar
April 11, 2026

चुनाव सार्न नेकपा एमालेको पनि सहमति…..

Loading

काठमाडौ,१५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन सहभागी गराउने वातावरण बनाउन दोस्रो चरणको स्थानीय तह निर्वाचन एक साता सार्न प्रस्ताव गरेका छन् ।  प्रधानमन्त्री प्रस्तावमा प्रतिपक्षी एमालेले पनि त्यसमा घुमाउरो सहमति जनाएको छ । आइतबारको चार दल बैठकमा एमालेले निर्वाचन सार्ने प्रस्तावमा घुमाउरो तरिकाले सहमति जनाएको हो ।
सरकारले सल्लाह नै नगरी राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन एक महिना सारेर दोस्रो चरणको मिति घोषणा गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीले निर्वाचन सार्दा राजपाको सहभागिता पहिल्यै सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed