Breaking News.... EverestOnlineKhabar
April 18, 2026

हल सिटीका प्रशिक्षकले दिए राजीनामा …..

Loading

एजेन्सी,१२ जेठ ।
क्लव रेलिगेसनमा परेपछि इंग्लिस टोली हल सिटीका प्रशिक्षक मार्को सिल्भाले पदबाट राजीनामा दिएका छन् । क्लवको निरन्तरको खराव प्रदर्शनपछि माइक फेलानलाई प्रतिस्थापन गर्दै हल सिटीले ३९ बर्षीय पोर्चुगिज प्रशिक्षक सिल्भालाई गत जनवरीमा नियुक्त गरेको थियो । नेतृत्व संहालेपछि उनले हल सिटीलाई रेलिगेसनबाट जोगाउन सकेनन् ।
उनको प्रशिक्षणमा हल सिटीले १८ खेल खेलेको थियो । जसमध्ये ६ खेलमा जित हासिल गरेको थियो । अन्तिम खेलमा क्रिष्टल प्यालेससँग ४–० को पराजय ब्यहोर्दै रेलिगेसनमा परेको थियो ।
उनको बहिर्गमनप्रति हल सिटीले बिज्ञप्ति निकाल्दै भनेको छ कि समर्थकबाट निक्कै रुचाइएका प्रशिक्षक गुमाउनुपर्दा हामी निराश भएका छौं ।
क्लव रेलिगेसनको नजिक रहेको साताको एक दिन सिल्भाले भनेका थिएः‘मेरो लक्ष्य भनेको म्यानेजरको रुपमा प्रिमियर लिगमै काम गर्ने हो ।’
स्पोर्टिङ लिस्बोन र ओलम्पियाकोसका पूर्व प्रशिक्षक अर्को इंग्लिस क्लव बाटफोर्डसँग नजिकिएका छन् । तर बाटफोर्ड तथा अन्य कुनै क्लवले उनलाई प्रस्ताव राखिसकेका भने छैनन् । वाल्टर माज्जारीलाई हटाएपछि वाटफोर्ड प्रशिक्षकबिहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed