Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः पुलिस क्लब फाइनलमा

Loading

काठमाडौ,१२ जेठ ।
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई ९ विकेटले हराउँदै पुलिस एक खेल अगावै समूह बि बाट सेमिफाइनलमा पुगेको हो ।
पूर्वाञ्चलले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले १७ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुनिल धमलाले ५२ तथा दिलिप नाथले ३६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । उसका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका सिद्धान्त लोहनीले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २–२ विकेट लिए । प्रतियोगितामा शुक्रबार पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमबिच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed