Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अब बिराटनगर र वीरगञ्ज पनि महानगर, २२ स्थानीय तह थपिए

Loading

काठमाडौ,जेठ ।
सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ ।
सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो ।
कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । यसमा राजपा नेपालको सहमति रहेको नेताहरूले बताएका छन् । बिराटनगर र वीरगञ्ज महानगरमा स्तरोन्नती गरिएको छ । २३ स्थानीय तह थप गरिएको छ । तर, वीरगञ्जलाई महानगर बनाउने क्रममा बेल्वा गाउँपालिका गाभिएकाले बढ्ने संख्या २२ हो ।
विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभिएको छ ।
यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७६६ भएको छ । सोमबार सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३–३ थप भएको छ । सुनसरी, पर्सा र रौतहटमा २–२ स्थानीय तह थप भएको छ । तर, पर्साको एउटा स्थानीय तह वीरगञ्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो । यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १–१ स्थानीय तह थप भएको छ । यसैबीच,सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ । महोत्तरीका ३ तथा झापा, बाँके र रुपन्देहीका २–२ गाउँपालिका नगरपालिका भएका छन् । यस्तै कैलाली, सिरहा, धनुषा र बारा एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed