Breaking News.... EverestOnlineKhabar
February 8, 2026

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

Loading

काठमाडौं, जेठ ३ । शंखरापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका सुवर्ण श्रेष्ठ चार हजार ८६९ मत प्राप्त गरी प्रमुखमा विजयी भएको नगरपालिका निर्वाचन प्रमुख भवनेश्वर पौडेलले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले दुई हजार ९४७ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ४३६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.