![]()
काठमाडौ,२० बैशाख ।
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०१८ को नतिजा मंगलबार राति सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित गरेको हो ।
दूतावासको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गरिएको छ । दूतावासले डीभी विजेताहरुलाई इमेल वा अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।


