Breaking News.... EverestOnlineKhabar
February 5, 2026

अफगानिस्तानको सैनिक शिविरमा तालिवानी आक्रमण, ७० सैनिक मारिए

Loading

काठमाडौं, बैशाख ९ । अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ७० जना अफगान सैनिक मारिएका छन् ।

उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो ।

सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण गरिएको हो । घटनाको जिम्मेवारी तालिवानले लिएको छ ।

अफगान सेनालाई तालिवानविरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.