Breaking News.... EverestOnlineKhabar
April 29, 2026

राष्ट्रपति भण्डारी उडिसा र गुजरात जाने, उच्चस्तरीय भेटघाट सकियो

Loading

 भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा आफ्नो उच्चस्तरीय भेटघाट सकाएकी छन् ।

आज(बुधबार) उनी उडिसा जाँदै छन् । भोलि(बिहीबार) गुजरात पुग्ने कार्यक्रम छ । यसक्रममा उनले सोमनाथ, द्वारिकाधीश मन्दिर लगायतको तीर्थाटन गर्ने कार्यक्रम छ ।

यसअघि मंगलबार राष्ट्रपति भण्डारीसँग समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल निर्वाचनमार्फत् संविधान कार्यान्वयन गर्न लागेको बताएकी थिइन् ।

भारतीय राष्ट्रपति मुखर्जीले चुनाव गराउने नेपालको पहलको सह्राना गरेका थिए ।

प्रधानमन्त्री मोदीले भने भारतले आफ्नो विकाससँगै देवभूमि नेपालको विकास पनि अघि बढाउन चाहेको बताएका थिए ।

भेटमा आपसी हित, दुई पक्षीय सम्बन्ध सुदृढीकरणलगायतका विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति भण्डारीसँग उपराष्ट्रपति हमिद अन्सारी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेटलीलगायत नेताले पनि भेट गरेका थिए । राष्ट्रपति भण्डारी शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed