Breaking News.... EverestOnlineKhabar
April 9, 2026

गोली लागि गुण्डा नाइके दावा लामा घाइते……

Loading

काठमाडौं, चैत २९ । काठमाडौंको वौद्धनजिक रहेको गौरीघाटमा मंगलबार बिहान गोली चलेको छ । गोली लागि गुण्डा नाइके दावा लामा घाइते भएका छन् ।

विहान नौं बजेतिर लामामाथि अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दिव्या पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न जाने क्रममा लामामाथि क्लब बाहिर गोली प्रहार भएको हो ।

ढाडमा गोली लागेका लामाको मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

उनलाई पैदल आएका एक व्यक्तिले चार राउण्ड गोली हानेर भागेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed