Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

नेपाली काँग्रेसका शीर्ष नेताहरुले महामानव बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुशरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताएका छन् ।

‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित पार्टीले ७ नं प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी आमसभाको उद्घाटन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले देशका सबै जातजाति वर्ग क्षेत्रका जनताबीचको एकताले मात्रै राष्ट्रिय एकता बलियो हुने बताए ।

“बिपी कोइरालाको मेलमिलापको नीतिले मात्र देशमा १० वर्षमा समृद्धि छाउँछ,” सभापति देउवाले भने,– “पहाड, मधेस, जनजाति विरोधी भावनाले राष्ट्रिय एकता हुँदैन ।” एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको उनको आरोप थियो ।

एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै देउवाले भने, “उखानटुक्का र मधेस विरोधी भावनाले देश बन्दैन ।” बिनाकारण एमालेले मधेसी जनतालाई चिढाएको उनले बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा दशकौँदेखि भएका आन्दोलनले राजनीतिक व्यवस्थाको छिनोफानो गरिसकेकाले अब कृषि, पर्यटन, ऊर्जाको अधिकतम उपयोग गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने बताए ।

नेता पौडेलले १० वर्षमा देशलाई समृद्धिको दिशामा लैजाने काममा काँग्रेस लागेको बताए ।

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गरिब र धनीबीच रहेको दूरी कम गर्नु नै काँग्रेसको समाजवाद रहेको उल्लेख गर्दै कम्युनिष्ट विचार संसारबाट समाप्त भइसकेको बताए ।

काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काँग्रेसले जे बोल्छ त्यो गर्छ, नगर्ने कुरा बोल्दैन भनेर । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed