![]()
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन्।
अध्यक्ष ओलीले आफ्नो नियमित स्वास्थ जाँचका लागि यही चैत २६ थाइल्यान्डको बैंकक जानुपरेकाले आफू फर्किनआउन्जेल कावा अध्यक्षका रुपमा काम सञ्चालन गर्न अघिल्लो दिन गौतमलाई सो जिम्मेवारी दिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए
मिर्गौला प्रत्यारोपण गरिएपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारका लागि बैंकक गइरहेका छन् । रासस


