![]()
काठमाडौ,२५ चैत ।
काठमाडौ महानगरपालिका वडा नं.१०को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फवाट रामकुमार केसीले उम्मेद्वारी दिने भएका छन् । नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं.१० को आज भएको कार्यकर्ता भेलाले सर्वसम्मत रुपमा रामकुमार केसीलाई स्थानीय तहको निर्वाचनमा वडा नं.१० को अध्यक्ष पदमा उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । कार्यकर्ता भेलाको निर्णयसंगै केसी अध्यक्ष पदको लागि उम्मेद्वार चयन भएका छन् ।
रामकुमार केसीलाई यस वडाका जनप्रिय नेता तथा पूर्ववडा अध्यक्ष बद्रीप्रसाद खरेलले समेत समर्थन गरेका छन् । केसीले उक्त वडामा निकै लोकप्रिय छवि बनाएका छन् । सर्वसम्मत उम्मेद्वार भएसंगै अध्यक्ष पदमा जित्ने सम्भावना प्रवल बनेको छ ।


