Breaking News.... EverestOnlineKhabar
April 11, 2026

शिक्षा नियमावलीको विरोध गर्नुको तुक छैन्ः शिक्षामन्त्री पौडेल

Loading

काठमाडौ,२५ चैत ।
शिक्षामन्त्री डिआर(धनिराम) पौडेलले सरकारले ल्याउन लागेको शिक्षा नियमावलीको विरोध गर्नुको कुनै तुक नभएको जिकिर गरेका छन् । अनेरास्ववियू(क्रान्तिकारी) प्रदेश नम्बर ३ ले आयोजना गरेको ‘विद्यालय शिक्षाका समस्या र निराकरण’ विषयक अन्र्तक्रियामा मन्त्री पौडेलले शिक्षा नियमावलीको विरोध गर्नुभन्दा अध्ययन गर्न समेत सुझाव दिए । मन्त्री पौडेलले शिक्षा नियमावली छिट्टै पारित हुने विश्वास व्यक्त गर्दै नियमावली ऐन अनुसारको आउने र सोहि अनुरुप आएको जिकिर गर्दै यसको विरोध गर्नु कुनै तुक नरहेको टिप्पणी गरे । उनले विद्यालय शिक्षाका धेरै समस्या नियमावलीले हल गर्ने र संघीयतासँग जोडिएका मुद्दा हल गर्न ऐन शंसोधन आवश्यक पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा अखिल(क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले स्कुलको ‘ग्रेडिङ’ हुन नहुने र समान पूर्वाधारको समान शिक्षा लागु हुनुपर्नेमा जोड दिए । उनले विद्यालयले दिनुपर्ने छात्रबृत्तिमा पारदर्शिता हुनुपर्ने माग गरे ।
कार्यक्रममा काठमाण्डौं जिशिअ जय आचार्य, एनप्याव्सनका अध्यक्ष कर्ण शाही, राष्ट्रिय अभिभावक संगठनका उपाध्यक्ष कोषबहादुर जिसि, अभिभावक संघका अध्यक्ष केशव पुरी, अखिल(क्रान्तिकारी)का उपाध्यक्ष खुसिराम चौधरी लगायतले धारणा राखेका थिए ।
साथै प्याव्सनका कार्यवहाक अध्यक्ष डिके ढुंगानाले सामुदायीक विध्यालयले गुणस्तरीय शिक्षा दिए स्वत निजी विद्यालय नियन्त्रण हुने बताए। कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरुले निजी स्कुलको दादागिरी अन्त्यको माग गरे । निजी स्कुलले निर्देशिका विपरित शुल्क लिने प्रथा नरोके आन्दोलनको घोषणा गरिने उद्घोष गरिएको संगठनका सचिव एवं प्रदेश नम्बर ३ का संयोजक विजय गौतमले वताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed