![]()
काठमाडौ,२५ चैत ।
मधेस केन्द्रित दलका सांसदहरुले संसदको शुक्रबारको बैठक पनि बहिस्कार गरेका छन् । संविधान संशेधन लगायतका माग पूरा हुनु पर्ने भन्दै मधेसी दलले लगातार संसद बैठक बहिस्कार गर्दै आएका छन् ।
शुक्रबारको बैठकमा नेकपा एमालेका भीम आचार्यले उपप्रधानमन्त्रीको वरिष्ठता विवादले मन्त्री परिषदको बैठक बस्न नसकेको हो भने त्यो देशकै लागि लज्जाको विषय भएको बताए । यस्तै अन्य दलका सांसदहरुले समसामयिक विषयवस्तुमा आफ्नो धारण राखेका छन् ।


